सुनको मूल्य २३ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार?



नागरिक अपडेट


काठमाडौं– नेपाली बजारमा आज एकै दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा भने कमी आएको छ । महासंघका अनुसार आज चाँदीमा ३० रुपैयाँ घटेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया