आज कतिमा हुदै छ सुनको कारोबार? हेर्नुहोस्।



नागरिक अपडेट


काठमाडौं । सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो ।

Advertisement

शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गतेको उच्च मूल्य रेकर्ड पनि तोडिएको छैन । अन्तर्राष्ट्रिय बजारमा जेठ ७ गते प्रतिऔंस २४५० डलर पुगेको सुन शुक्रबार (१०ः४० बजे) २३८५ डलर छ ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया