टी–२० विश्वकप:बंगलादेशले नेदरल्यान्ड्ससामु १ सय ६० रनको लक्ष्य प्रस्तुत



नागरिक अपडेट


किंग्सटाउन । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्यान्ड्ससामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको हो ।

Advertisement

टोलीका लागि शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा नटआउट रहँदै ६४ रन जोडे । यस क्रममा उनले ९ चौका प्रहार गरे । ओपनर तान्जिद हसनले २६ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, मोहम्दुल्लाहले २१ बलमा २५ रन जोडे । यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । जाकेर अलीले ७ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्त र पाउल भान मेकरेनले २–२ विकेट हात पारे । मेकरेनले ४ ओभरमा मात्र १५ रन खर्चिए भने दत्तले ४ ओभर बलिङ गर्दै १७ रन दिएका थिए । दुवै टोलीको यो तेस्रो खेल हो । यसअघिका १–१ खेल जित्दै दुई टोलीले २–२ अङ्क बटुलेका छन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया