यस्तो छ भारतमा यात्रुवाहक विमान दुर्घटनाको इतिहास



एजेन्सी


काठमाडौँ । लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको पश्चिमी सहर अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। एयर इन्डियाका अनुसार अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर एआई१७१ भएको विमान दुर्घटनाग्रस्त भएको हो ।

Advertisement

विमान उडान भरेको ५ मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। विमानमा १६९ भारतीय सवार थिए। यसबाहेक, ५३ जना बेलायती, १ क्यानेडियन, १ पोर्चुगिज यात्रु थिए। पछिल्ला केही दशकहरूमा भारतमा भएका अन्य प्रमुख विमान दुर्घटनाहरूको विवरण यसप्रकार छ ।

Advertisement

अगस्ट २०२०
दक्षिणी सहर कोझिकोडमा भारी वर्षाका बिच एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ विमान रनवेबाट चिप्लिएर खोंचमा खस्यो र अगाडिको भाग जमिनमा ठोक्कियो। यस दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भयो र १६ जना गम्भीर घाइते भए।

Advertisement

मे २०१०
दुबईबाट आएको एयर इन्डियाको बोइङ ७३७ विमान दक्षिण भारतीय सहर मंगलुरुमा रनवे नाघेर खोँचमा खस्यो। दुर्घटनामा बोर्डमा रहेका १५८ जनाको ज्यान गएको थियो।

जुलाई २०००
राज्य स्वामित्वको एलायन्स एयरको विमान कोलकाता र राजधानी नयाँ दिल्लीबिच उडान भर्दै गर्दा पूर्वी सहर पटना नजिकैको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

दुर्घटनाग्रस्त विमानमा ५३ जना बेलायती नागरिक सवार

दुर्घटनाग्रस्त विमानमा ५३ जना बेलायती नागरिक सवार

२४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटना

२४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटना

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया