मकवानपुर । मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स तरिकाले हत्या गरिएको छ। बिहीबार दिउँसो बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन्।
देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रहार गरी तुलुमाया (भाउजु)को हत्या गरेका हुन्। घटनापछि हत्या आरोपित जीवन गोपाली आफैं हतियारसहित अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए।
प्रहरीका अनुसार जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ भने हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन। इलाका प्रहरी कार्यालय पालुङले यस घटनालाई गम्भीरता साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।