टापुमा फसेका दुई जनाको सकुशल उद्धार



नागरिक अपडेट


डडेल्धुरा । यहाँको परशुराम नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा रहेको साँदनी खोलाको बीच टापुमा फसेका दुई जनाको असार २५ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

Advertisement

उद्धार गरिएकाहरुमा सोही नगरपालिका ६ बस्ने १२ बर्षिया रितु भारती र २५ बर्षिया भुवनेश्वरी सिँह छन् । उनीहरु बुधबार दिउँसो बाख्रा चराउन गएको बेला अविरल बर्षाको कारण उक्त खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच टापूमा फसेका थिए ।

Advertisement

सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तातोपानी र साँदनीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया