आमालाई म्यासेज पठाएर नेपाल आएका दिदीबहिनी,मृत्युको बाटो रोज्नुअघि टिकटक



नागरिक अपडेट


काठमाडौँ । भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत भेटिएका थिए । महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका हुन् ।

Advertisement

उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो । प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले सोही घरको डेराको प्यासेजमा झुन्डिएको अवस्थामा दिदी बहिनीको शव भेटिएको जानकारी दिए ।

Advertisement

यो पनि…
दिदीबहिनीको मृत्यु प्रकरण:'दिदी-भिनाजु' माथि अनुसन्धान गर्दै

दिदीबहिनीको मृत्यु प्रकरण:'दिदी-भिनाजु' माथि अनुसन्धान गर्दै

भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए । भारतीय सञ्चार माध्यम ‘सिगास टेलिभिजन’सँग कुरा गर्दै मृतककी आमा उमा कँडेलले भनेकी छन्, ‘कम्प्युटर कक्षा लिन जान्छौँ भनेर उनीहरू डेराबाट निस्केका थिए ।’

Advertisement

यो पनि…
आमालाई बैंगलोर गएको म्यासेज छोडेर मुम्बईबाट हराएका थिए दिदीबहिनी

आमालाई बैंगलोर गएको म्यासेज छोडेर मुम्बईबाट हराएका थिए दिदीबहिनी

पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे । आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ ।’ मेनुका दिदी र सृजना बहिनी हुन् । हराएपछि प्रहरीलाई भनेर लोकेसन हेर्दा भिउण्डी पुगेको देखिएको उमाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् ।

यो पनि…
भारतबाट १५ दिनअघि काठमाडौं आएको दिदीबहिनी मृत फेला

भारतबाट १५ दिनअघि काठमाडौं आएको दिदीबहिनी मृत फेला

मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ । यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भक्तपुरमा आएपछि उनीहरूले एउटा गार्मेन्टमा काम समेत गर्न थालेको बताइएको छ । त्यसबारे यकिन गर्ने काम भइरहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । घटनापछि मृतक दिदी बहिनीका बुवा वासुदेव कँडेल काठमाडौँ आउँदै छन् । अभिभावक आएपछि मुचुल्का गरेर शव पोस्टमार्टम गर्न अस्पताल पठाइने डीएसपी नेउपानेले बताए । उनले भने, ‘हामीले घटनास्थल सुरक्षित राखेका छौं ।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया