आमरण अनसनमा बसेका मेयरलाई उठाउन खोज्दा माइतीघरमा तनाव



नागरिक अपडेट


काठमाडौँ । सात बुँदे माग राखेर काठमाडौँको माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई बुधबार प्रहरीले उठाउन खोजेपछि तनाव भएको छ ।

Advertisement

प्रहरीले उनलाई त्यहाँबाट उठाएर रत्नपार्कस्थित शान्ति बाटिकामा लैजान खोजेको थियो । त्यसक्रममा भट्टराईका समर्थकले प्रतिरोध गरेपछि प्रहरी पछि हटेको छ ।

Advertisement

आइतबारदेखि सत्याग्रह सुरु गरेका भट्टराई माग पूरा नभएपछि आजदेखि आमरण अनसन बसेका हुन् ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया