गाजामा इजरायली आक्रमणबाट २४ घण्टामा १०४ जनाको मृत्यु,३ सय ९९ जना घाइते



एजेन्सी


काठमाडौँ । गाजा इजरायल युद्धमा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४ जनाको ज्यान गएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गाजामा इसरायली आक्रमणमा कम्तीमा १ सय ४ जनाको मृत्यु भएको छ भने ३९९ जना घाइते भएका हुन्।

Advertisement

मन्त्रालयका अनुसार जारी आक्रमणमा अहिलेसम्म कूल ६० हजार १ सय ३८ जनाले ज्यान गुमाइसकेका छन् र झन्डै १ लाख ४६ हजार मानिस घाइते भएका छन्। मन्त्रालयलेका अनुसार थुप्रै मृतकहरूको शव अझै भग्नावशेषमा दबिएका छन् र कैयौँ घाइतेहरू सडकमा उपचारविहीन अवस्थामा छन्।

Advertisement

जहाँ एम्बुलेन्स र उद्धार टोली पुग्न सकेका छैनन्। त्यस्तै, कुपोषणका कारण पछिल्लो समय थप ७ जनाको मृत्यु भएको छ। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ५४ पुगेको छ, जसमा ८९ जना बालबालिका छन्।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया