गुल्मी । जन्मदिनलाई भव्य भोज वा व्यक्तिगत मनोरञ्जनमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाइएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी आशिष पौडेलको जन्मदिन यसपटक पनि विशेष ढंगले मनाइएको छ । पौडेलको रेसुङ्गा नगरपालिका वडानम्बर–९ मा रहेको बौदीक अपांगता अभिभावक संघ गुल्मीको भवनमा आयोजिक सामुहिक भोजकको कार्यक्रम गरेर मनाइएको हो ।
पौडेल परिवारले आशिषको जन्मदिनको अवसरमा बौद्धिक अपांगता भएका बालबालिकासँग सामूहिक भोजन कार्यक्रम आयोजना गरेका हुन् ।उपल्लो तम्घास माविमा अध्ययनरत ती बालबालिकाहरूसँग आत्मीयता पूर्वक भोजन गर्दै जन्मदिनको खुसियाली बाँडिएको हो ।
पौडेल परिवारले विगतका वर्षहरूमा पनि यस्तै समाजमा सकारात्मक प्रभाव पार्ने खालका गतिविधि गर्दै आएका छन् । बौद्धिक अपांगता भएका बालबालिकाप्रति देखाइएको सम्मान र माया उदाहरणीय बनेको छ । कार्यक्रमले मानवता, समर्पण र सामाजिक चेतनाको सन्देश दिएको छ ।
कार्यक्रममा समाजसेवी मानबहादुर श्रेष्ठले बौदीक अपांगता अभिभावक संघ गुल्मीका लागि १ लाख ५ सय रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष स्थापना उनले भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले अपांगता भएका बालबालिकाहरूका लागि सामाजिक सेवा सबैको दायित्व भएको बताए ।
त्यस्तै, रेसुङ्गा नगरपालिका वडानम्बर–१ का वडाध्यक्ष रामप्रसाद पन्थीलेले पनि बौद्धिक अपांगता भएका बालबालिकाका लागि वडाको तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले यस्तो कार्यक्रममा वडाको तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा बौद्धिक अपांगता अभिभावक संघ गुल्मीका सल्लाहकार मेघलाल पाण्डे, रेसुङ्गा वडानम्बर–१ का वडाध्यक्ष रामप्रसाद पन्थी, वडानम्बर–९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डे, समाजसेवी मानबहादुर श्रेष्ठ, संघका केन्द्रीय सदस्य यमलाल मरासिनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्तो सकारात्मक कार्यप्रति प्रशंसा व्यक्त गरे ।
कार्यक्रमले अपांगता भएका व्यक्तिप्रतिको सम्मान र जन्मदिन जस्तो व्यक्तिगत दिनलाई पनि सामूहिक खुसी र सहकार्यमा बदल्न सकिने प्रेरणा दिएको बौद्धिक अपांगता अभिभावक संघ गुल्मीका अध्यक्ष राजकुमार कक्षपतिले बताए ।
जन्मदिनलाई सामाजिक सेवाको अवसर बनाउँदै पौडेल परिवारले देखाएको उदाहरण अरूका लागि पनि अनुकरणीय बन्ने अपेक्षा गरिएको उनले बताए । संस्थामा पछिल्लो समय यसरी जन्मदिनको फजुल खर्च कटाएर मनाउने प्रचलन बढ्दै गएको छ ।