गुल्मीको छत्रकोट गाउँपालिकाद्वारा काठमाडौंमा शिविर सम्पन्न



नागरिक संवाददाता


गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरूका लागि काठमाडौंमा एकदिने शिविर सञ्चालन गरेको छ। गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणले काठमाडौंमा बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गर्दै, बिहीबार काठमाडौंको मध्यबानेश्वरमा शिविर आयोजना गरिएको हो।

Advertisement

शिविरमा नवीकरण, जन्म तथा मृत्युदर्ता जस्ता सेवाहरू प्रदान गरिएको थियो। गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयका अनुसार, ६० जना भन्दा बढी लाभग्राहीहरूले शिविरमार्फत सेवा लिएका छन्।

Advertisement

लामो यात्रा गरेर गाउँ जान कठिन हुने र खर्चिलो पनि हुने भएकाले स्वास्थ्य र सुविधालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । ८५ वर्षीया जयन्ती पौडेलले गाउँ जानु पर्ने झन्झट हटाएकोमा शिविरप्रति कृतज्ञता व्यक्त गरिन । नविकरणकै लागि हजारौं खर्चेर गाउँ जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

Advertisement

यस्तै,८० वर्षीया राधिका घिमिरेले शिविर राम्रो काम भएको बताइन् । शिविरमा ९० वर्ष उमेरसम्मका वृद्धवृद्धाहरूले सेवा लिएका छन्। छत्रकोट गाउँपालिकाले यस्तै प्रकारको अर्को शिविर आगामी शनिबार रुपन्देहीमा आयोजना गर्ने तयारी गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया