दाउन्नेमा वर्षा र चिप्लो गाडी फस्दा आवागमन नै ठप्प



नागरिक अपडेट


नवलपरासी — पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकखण्डमा यातायात ठप्प भएको छ । मंगलबार बिहान वर्षाका कारण विश्वकर्मा मन्दिर उकालोमा गाडी फस्दा सवारीसाधन रोकिएका हुन् ।

Advertisement

प्रहरीका अनुसार बिहानदेखि वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात रोकिएको हो । दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ग्राभेल राखे पनि आवागमन सहज हुन सकेको छैन ।

Advertisement

हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा राजमार्ग ठप्प भएको चालकहरुले बताएका छन् । प्रहरीले वर्षा रोकिएपछि ग्राभेल राखेर यातायात खुलाउने प्रयास हुने जानकारी दिएको छ । दाउन्नेमा सामान्य वर्षा हुनासाथ आवगमन ठप्प हुने गरेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया