बुधबारसम्म देशभरका यी ६ नदी बाढीको जोखिममा



नागरिक अपडेट


काठमाडौँ — बुधबारसम्म मुलुकका छवटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ ।

Advertisement

विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ बजेदेखि नदीको जलसतह घटेको जानकारी गराए । ‘बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ ।

Advertisement

तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो । अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ,’ उनले भने, ‘आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको छ।

Advertisement

यस्तै, बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ । आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक रहेको बताएको छ ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया