गायक अर्जुन सापकोटाको नयाँ गीत ‘के जन्मिएँ खै?’ सार्वजनिक



नागरिक संवाददाता


केशव खड्का,जापान । चर्चित लोक तथा दोहोरि गायक अर्जुन सापकोटाले नयाँ गीत ‘के जन्मिएँ खै?’ सार्वजनिक गरेका छन्। बिहीबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा शब्द, स्वर र संगीत स्वयं सापकोटाकै रहेको छ।

Advertisement

गीतमा अर्जुन सापकोटा र हरि गिरी विमर्शीको शब्द समावेश गरिएको छ भने संगीत संयोजन (एरेञ्ज) एचबिएन किस्मतले गरेका छन्। भावपूर्ण शब्द र आकर्षक संगीत संयोजनले गीतलाई थप सशक्त बनाएको छ। भिडियो पक्षमा गायक अर्जुन सापकोटा आफैं मुख्य भूमिकामा देखिएका छन्।

Advertisement

उनको साथमा शिवु पाण्डे, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही र रेकिशा खत्रीले अभिनय प्रस्तुत गरेका छन्। अर्जुनको अभिनयसँगै भिडियोमा प्रस्तुत नृत्य पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन्।

Advertisement

छायांकन दिनेश पराजुली र टिमले गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्। गीत ‘के जन्मिएँ खै?’ जीवन,अस्तित्व र समाजप्रतिको प्रश्नको भाव बोकेको गम्भीर र भावनात्मक सिर्जना हो,जसले दर्शक तथा श्रोतालाई गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

भिडियो

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया