रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका दम्पतीको ज्यान गयाे



नागरिक अपडेट


काठमाण्डाै – रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका दम्पतीको उपचारका क्रममा ज्यान गएको छ ।

Advertisement

परिवर्तन गाउँपालिका वडा नम्बर २ राङसीकी ७४ वर्षीया निर्मला वली र उहाँका श्रीमान् ८१ वर्षका भागीराम वलीको उपचारका क्रममा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

Advertisement

निर्मलाको गएराति र भगीरामको आज दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जङ्गलबाट खोजेर ल्याएको च्याउको तरकारी खाएका थिए ।

Advertisement

च्याउ खाएपछि बिरामी परेका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया