केशव खड्का,जापान। मुसिकोट– जनसेवा युवा क्लब, मुसिकोट नगरपालिका–१, पौदी ढाँडा कलबद्वारा आयोजित खुल्ला तीजगीत प्रतियोगिता तथा नृत्य कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। हिन्दू नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा स्थानीय युवा तथा सांस्कृतिक समूहहरूले उत्साहजनक सहभागिता जनाए। क्लबका अध्यक्ष कुशल जिसी का अनुसार, कार्यक्रमको उद्देश्य सांस्कृतिक संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा यस सांस्कृतिक सम्पदाको हस्तान्तरण गर्नु हो।
प्रतियोगितामा चारवटा समूहले भाग लिएका थिए। निर्णायक समितिको मूल्याङ्कन अनुसार न्यु स्टार युवा क्लब इस्मा ४ ले प्रथम स्थान हासिल गरेको छ। दोस्रो स्थान ने.रा.स.मावि मुसिकोट १, तेस्रो स्थान त्रिशक्ति युवा क्लब मुसिकोट १, भने सान्त्वना पुरस्कार जनसेवा युवा क्लब मुसिकोट १ ले प्राप्त गरेका छन्। कार्यक्रममा सहभागी सबै समूहले रमाइलो प्रस्तुति दिँदै दर्शकको मन जितेका थिए।
कार्यक्रमको प्रमुख आतिथ्यता मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष आनन्द श्रेष्ठले गर्नु भएको थियो सभाध्यक्ष कुशल जिसिले गर्नुभएको हो। विशिष्ट अतिथि रूपमा उपस्थित थिए मित्रबहादुर खाती, सभाध्यक्ष कुशल जिसी, अतिथि सुरज कार्की, हरि केसी, हरिशंकर केसी, डोरबहादुर खाती, साथै प्रहरी चौकी प्रमुख लखन चौधरी। अतिथिहरूले कार्यक्रममा सहभागी समूहको प्रस्तुति सराहना गर्दै सांस्कृतिक गतिविधि र स्थानीय युवालाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए।
यस प्रतियोगिताले केवल सांस्कृतिक संरक्षणमा योगदान पुर्याएको मात्र छैन, स्थानीय युवामा सांगीतिक र नृत्यकला प्रवर्द्धन गर्ने अवसर पनि प्रदान गरेको छ। प्रतियोगितामा सहभागी युवाहरूले पारम्परिक र आधुनिक तीजगीतमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे। यसरी सांस्कृतिक कार्यक्रमले समुदायमा एकता र सामाजिक समन्वय बढाउने काम पनि गरेको छ।
क्लबका अध्यक्ष कुशल जिसी ले भने, “हामी हरेक वर्ष यो कार्यक्रम गर्दै आएका छौँ। हाम्रो लक्ष्य युवा पुस्तालाई सांस्कृतिक कार्यहरूमा संलग्न गराउनु हो। तीज जस्तो परम्परागत चाडलाई संरक्षण गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रयास जारी रहनेछ।”
प्रतियोगितामा सहभागी समूहहरूले नृत्य र गीतमार्फत आफ्नो प्रस्तुति दिँदै दर्शकको मन जितेका थिए। दर्शकहरूले पनि कार्यक्रमको उत्साहपूर्ण वातावरण र प्रस्तुति देखेर खुसी व्यक्त गरेका थिए। क्लबले आगामी वर्षमा अझ व्यापक र आकर्षक कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ, जसले क्षेत्रीय सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
यस प्रकार, जनसेवा युवा क्लबको तीजगीत प्रतियोगिताले मुसिकोट नगरपालिकामा सांस्कृतिक चेतना जगाउने, युवालाई प्रोत्साहित गर्ने र परम्परागत चाडको महत्त्वलाई जीवित राख्ने महत्वपूर्ण भूमिका खेलेको छ।