रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना



नागरिक अपडेट


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेको छ । माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको खुट्टामा सामान्य चोट लागेको थियो ।

Advertisement

उक्त सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको स्वकीय सचिव अविनाश आचार्यले बताए । उनका अनुसार लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।

Advertisement

चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ ।

Advertisement

चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र पुनः नियमित राजनीतिक तथा साङ्गठनिक अभियानमा फर्किने स्वकीय सचिव आचार्यले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया