गुल्मीमा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्युु 



नागरिक अपडेट


गुल्मी – गुल्मीमा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्युु भएको छ । जिल्लाको मुसिकाेट नगरपालिका-१ अरेबाका २१ वर्षीय दिपजङ दर्लामीकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

Advertisement

दुई जना माछा मार्न गएकोमा उनी बेपत्ता भएका थिए । प्रहरीमा खबर पुगेपछि प्रहरी टाेली खाेजी कार्यमा संलग्न भएको थियो । खाेज्ने क्रममा वडिगाड खोलाको कोप्चेरा रहेको पानीमा डुबी रहेको मृत फेला परेका थिए ।

Advertisement

अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदिप नेपालीको कमाण्डमा प्रहरी टोली खटिई गएको थियो । अहिले शव पाेष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया