जापानमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य सांगीतिक कार्यक्रम हुने



नागरिक संवाददाता


केशव खड्का, जापान । जापानस्थित “सामाजिक रूपान्तरणमा युवा अभियान – हाम्रो दृष्टि, राम्रो दृष्टि जापान” को आयोजनामा नयाँ वर्ष २०८३ को अवसर पारेर भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

Advertisement

“विद्यार्थीको समस्या, हाम्रो समाधान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा चर्चित कलाकारहरू दिपेन थापा, रवि कार्की, ज्योति लोहनी, सूर्य खड्का तथा काजल गुरुङको प्रस्तुति रहने आयोजकले जनाएको छ।

Advertisement

Advertisement

कार्यक्रम आगामी अप्रिल १३ तारिख बेलुका ४ बजे बेन्टेन्चो स्टेशनमा सञ्चालन हुने छ। कार्यक्रममा सहभागी हुनका लागि टिकट शुल्क २००० येन निर्धारण गरिएको छ।

आयोजकका अनुसार जापानमा रहेका नेपाली समुदायबीच सांस्कृतिक एकता, मनोरञ्जन तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी भई नयाँ वर्षलाई उल्लासमय बनाउन आयोजकले सबैलाई अनुरोध गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया