बिनोद बिष्ट, बुटवल । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज गीतहरू सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा लोक तथा तीज संगीत क्षेत्रमा सक्रिय गायक बिनय खत्री र माया कुवर को स्वरमा सजिएको नयाँ तीज गीत ‘मादलु तालैमा’ सार्वजनिक भएको छ।
नेपाली मौलिक संस्कृति, तीजको उलाहास , प्रेम, आत्मीयता र सामाजिक सम्बन्धलाई समेटेर तयार गरिएको यो गीतले तीजको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने विश्वास गरिएको छ। दुवै गायक गायिका को सुमधुर स्वर, लोकलयमा आधारित प्रस्तुति र मौलिक शैलीले गीतलाई विशेष बनाएको छ। गीतको भिडियोमा नेपाली तीजको मौलिक पहिरन, नृत्य, संस्कार र गाउँघरको वातावरणलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। तीजको वास्तविक स्वादलाई आधुनिक प्रस्तुतिसँग जोड्ने प्रयास गरिएको भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
सार्वजनिक भएसँगै ‘मादलु तालैमा’ भन्ने गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ। तीजको अवसरमा परिवार, साथीभाइ र दिदीबहिनीहरूबीच रमाइलो वातावरण सिर्जना गर्ने खालको यो गीतले यस वर्षका चर्चित तीज गीतमध्ये स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ। नेपाली लोकसंस्कृति र तीज गीतको मौलिकतालाई जोगाउँदै नयाँ पुस्तासमक्ष प्रस्तुत गर्ने प्रयासस्वरूप ल्याइएको ‘मादलु तालैमा’ तीज गीतले नेपाली संगीतप्रेमीको मन जित्ने विश्वास कलाकारहरूले व्यक्त गरेका छन्।
तीजको उल्लासलाई संगीतमार्फत अझ जीवन्त बनाउने यो गीत अहिले दर्शक तथा श्रोतामाझ आकर्षणको केन्द्र बनेको छ।गीतको सब्द गणेश अधिकारी को रहेको छ भने लय होमनाथ कुवरको रहेको छ।गीतको मोडलमा गायक बिनय खत्रीको स्वम छोरी बन्दना खत्री र गोबिन्द बिबसको रहेको छ । भने गीतको म्युजिक भिडियो घनस्याम खत्रीको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको गायक बिनय खत्रीले जानकारी दिएका छ्न।
भिडियो





