गुल्मीमा भिरबाट लडेर हुलाकका कर्मचारी मृत्यु



केशव गौतम


गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जना हुलाकका कर्मचारीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१२ का ३१ वर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

Advertisement

उनी जिल्ला हुलाक कार्यालय तम्घासमा कार्यालय सहयोगीमा कार्यरत थिए । मृतक खत्री खड्कदेवी मन्दिरमा दर्शन गर्न जान्छु भन्दै घरबाट निस्किएका थिए । आइतबार घरबाट हिँडेका खत्री बेलुकासम्म घर नफर्किएपछि परिवारजनले खोजतलास गरेका थिए ।

Advertisement

खोजीका क्रममा आइतबार राति बुढीघिर्मीमा बाटोबाट करि १५० मिटर तल खसेर अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement

त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ३७ नम्बरको टोली उद्धारमा गएको थियो । त्यहाँबाट उद्धार गरेर जिल्ला अस्पताल तम्घास पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया