गुल्मी । गुल्मीमा सर्पले टोकेर एक महिला घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–१ नयाँगाउँकी २५ वर्षीया सिता वि.क.लाई जंगलमा घाँस काट्ने क्रममा हरियो सर्पले टोकेको हो ।
सर्पको टोकाइबाट घाइते भएकी वि.क.लाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि कपिलवस्तुको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
हाल उनको अवस्था मध्यम रहेको र उपचार जारी रहेको जनाइएको छ ।





