गुल्मीमा रोयल मदाने स्पोर्ट्स क्लबको प्रथम वार्षिकोत्सव आजदेखि, सम्पूर्ण तयारी पूरा



नागरिक संवाददाता


विष्णु राउत, गुल्मी – मदाने गाउँपालिका–१, अग्लुङ्ग रघुवा अन्तरखर्क खेल मैदानमा आज देखि रोयल मदाने स्पोर्ट्स क्लबको प्रथम वार्षिकोत्सव दशैं विशेष विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सन्चालन हुने भएको छ ।

Advertisement

“युवा शक्तिको पहिचान, खेलकुद र संस्कृतिको सम्मान” भन्ने मुल नारा सहित यस रोयल मदाने स्पोर्ट्स क्लबको आयोजनामा आज असोज २६ गते देखि २८ गतेसम्म प्रथम वार्षिकोत्सव दशैँ विशेष खेलकुद तथा कार्यक्रम हुन लागेको हो ।

Advertisement

उक्त कार्यक्रममा विभिन्न खेलकुद, तथा सांस्कृतिक एवम मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । कार्यक्रममा खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सहित स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रम जोडिने भएको छ ।

Advertisement

रोयल मदानेको प्रथम वार्षिकोत्सव समारोहको मुख्य आकर्षणका रूपमा खुला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको जनाईएको छ । पुरुष भलिबल तर्फ क्रमश प्रथम हुनेले नगद रु. १८ हजार ट्रफि मेडल र प्रमाणपत्र दोस्रो हुनेले नगद रु. १४ हजार मेडल र प्रमाणपत्र त्यस्तै गरी तेस्रो हुने नगद रु. १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खुल्ला लोक नृत्य दशैँ म्युजिक ट्रयाक तर्फ प्रथम हुनेले नगद रु. ४ हजार र प्रमाणपत्र दोस्रोले नगद रु. ३ हजार र प्रमाणपत्र अनि तेस्रो हुनेले नगद रु. २ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् । स्लो बाईक रेस प्रतियोगिता तर्फ उत्कृष्टले नगद रु. ३ हजार ५ सय र प्रमाणपत्र प्राप्त गर्ने छ, भने सोही कार्यक्रममा घैटोफोर प्रतियोगितामा उत्कृष्ट हुनेले नगद रु. १ हजार र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक प्रेम चन्दले जानकारी दिनु भयो । पुरुष भलिबल तर्फ सर्वोत्कृष्ट खेलाडीले नगद रु. १ हजार ५ सय र प्रमाणपत्र लाई समेत प्रदान गरिने भको छ ।

रोयल मदाने स्पोर्ट्स क्लबले आफ्नो प्रथम वार्षिकोत्सव सङ्गै दशैँको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कलाकारहरु लगायत स्थानीय बासिन्दा, खेलाडी, खेलप्रेमी, युवा क्लब, विभिन्न संघसंस्था, पत्रकार, सुरक्षाकर्मी तथा शुभेच्छुकलाई पत्राचार गरिसकेको र सहभागी हुन समेत आग्रह गरेको क्लबकी उपाध्यक्ष ममता चन्दले जानकारी दिनु भयो ।

क्लबका अनुसार पुरुष भलिबल तर्फ हिजो असोज २५ गते देखि नै टिम दर्ता खुल्ला गरिएको र आज दिउँसो १२ बजे सम्म टिम दर्ता गरि सक्नु पर्ने छ, भने टिम दर्ता समाप्ति संगै गोलाप्रथा मार्फत समुह विभाजन गरी आज देखि नै पहिलो चरणका खेलहरु सञ्चालन गरिने सह-सचिव वसन्त विश्वकर्माले बताउनु भयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया