गुल्मीमा १४० ग्राम गाँजासहित एक महिला पक्राउ



नागरिक अपडेट


गुल्मी — गुल्मीमा १४० ग्राम गाँजा घरमा राखेकी सुन्तला सर्किनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

रेसुंगा नगरपालिका-९ मा गाँजा बिक्री हुने गाेप्य सूचनाका आधारमा प्रहरीले साेही स्थानकी घरायसी काम गरेर बस्ने ६० वर्षीया सुन्तला सर्किनीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बाेगटीले उनले गाँजा बेच्ने गरेको भन्ने सूचना पाएपछि थप अनुसन्धान थालिएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्थानीय, जनप्रतिनिधि र महिला प्रहरी कर्मचारीसहितको प्रहरी टोलीले सुन्तला सर्किनीको घरकोठामा खाेज्दा सुत्ने कोठामा प्लास्टिकको बोराभित्र लुकाई राखेको गाँजा फेला पारेको थियो ।

Advertisement

१२ वटा कागजमा प्याकिङ गरिएको अवस्थामा प्लाष्टिकको बोरामा लुकाएर राखिएको गाँजा जस्तो पदार्थ र उक्त बोरामा खुल्ला अवस्थामा राखिएको गाँजा जस्तो पदार्थलाई कागजको प्याकिङसहित तौल गर्दा २१० ग्राम र प्याकिङ गरिएको कागजबाहेक गाँजा जस्तो पदार्थ तौल गर्दा १४० ग्राम रहेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया