सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै



नागरिक अपडेट


काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठक आज बस्दैछ । बैठक बिहान बिहान साढे ८ बजे कानुन मन्त्रालयमा बस्ने बताइएको छ ।

Advertisement

कार्यदलमा कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

Advertisement

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको हिजो बसेको बैठकले सहकारी ठगी प्रकरणमा कार्यदल गठन गरेको थियो । कार्यदलले छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया