गुल्मीको कालीगण्डकी करिडोरमा ढुंगासहितको पहिरो,सडक अवरुद्ध



नागरिक अपडेट


अनिष पन्थी,गुल्मी । गुल्मीमा ढुंगासहितको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ् । सोमबार बिहान ६:३० बजेको समयमा जिल्लाको कालीगण्डकी गाउँपालिका ६ बर्लवा स्थित कालीगण्डकी कोरिडोर सडक खण्ड अन्तर्गत सडक माथीबाट ढुंगासहितको पहिरो जादा बाटो पुर्ण रुपमा अबरोध भएको हो।

Advertisement

पहिरोलाइ स्काईभेटरको प्रयोग गरि हटाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए । पहिरो ठुलो भएकोले सबारी साधन सुचारु हुन २/३ दिन लाग्न सक्ने प्रहरीको भनाइ छ । अवरुद्ध सडक खुलाउन भुर्तुङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खाम्चाको कमाण्डमा टोली खटिएको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया