आगलागीमा परी घाइते भएकी महिलाको मृत्यु



नागरिक अपडेट


नुवाकोट : नुवाकोटको ककनीमा आगलागीमा परेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।

Advertisement

ककनी गाउँपालिका-७ थर्पुगाउँ घर भएका महेन्द्र तामाङ र उनकी श्रीमती विपना तामाङ खाना पकाउने ग्यासको रेगुलेटर परिवर्तन गर्ने क्रममा गत जेठ २४ गते ग्यास चुहिएर आगो सल्किँदा गम्भीर घाइते भएका थिए।

Advertisement

उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकोमा विपना तामाङको मंगलबार मृत्यु भएको परिवारले जनाएको छ। जलेर गम्भीर घाइते पति महेन्द्र तामाङको उपचार भइरहेको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया