काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै रकम असुलेको बुझिएको छ । पक्राउ परेका जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीका भतिज नाता पर्ने बुझिएको छ ।