नगरप्रमुख पन्थीकाे पहलमा रातामाटा पराल्मी जाने सडक स्तरोन्नतिको कार्य सुरु



नागरिक अपडेट


सुमन महतारा,गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १४ रातामाटा र पराल्मी जाने बाटाकाे स्तर उन्नतिकाे कार्य सुरु भएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीकाे पहलमा पराल्मी र रातामाटा जाने सडक स्तरोन्नतिको कार्य सुरु भएको हाे ।

नगरपालिकाकाे रातामाटा र पराल्मी भाैगाेलिक दृष्टिकोणले अत्यन्तै दुर्गम मानिन्छ । सदरमुकाम तम्घास आउन हिँडेर झण्डै दुई घण्टा बढी लाग्ने गर्दछ । सडक साँघुराे र अप्ठ्यारो भएकोले यात्रा गर्न अत्यन्तै गाराे हुने याे सडक विस्तारका लागि मेयर पन्थीले याे बर्षकाे नीति तथा कार्यक्रम साथै बजेटमा पनि पहिलो प्राथमिकतामा राखेका छन् ।

निर्माण व्यावसायीका कारण निर्माण कार्य ढिलाे भएको नगरपालिका प्रमुख पन्थीले बताए । याे सडकलाई बहुबर्षिय याेजनाकाे रुपमा समावेश गरिएको र आफ्नो कार्यकाल भित्रै पराल्मी र रातमाटा जाने याे बाटो पिच गरिसक्ने उनले बताएका छन । यतिबेला जिराे प्वाइन्ट गर्जुरा देखि निर्माण कार्य सुरु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया