बाग्लुङको गलकोटमा पहिरो,दम्पती घरसहित पुरिए



नागरिक अपडेट


बागलुङ : बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् । शनिबार बिहान ३ बजे अविरल वर्षको कारण घरमाथिबाट आएको पहिरोले घरसहित बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती पुरिएका वडाअध्यक्ष तेज प्रसाद सापकोटाले जानकारी दिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले ३सय मिटर माथिबाट आएको पहिरोले विकको घरसहित दम्पती पुरिएको बताए । घटनास्थलमा प्रहरी पुगेर खोजीकार्य सुरु गरेको प्रहरी उपरीक्षक कंडेलले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

Advertisement

त्यस्तै पहिरोको कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया