उत्तर प्रदेशको धार्मिक मेलामा भागदौडमा ५० जनाको मृत्यु



एजेन्सी


काठमाडौं । भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार घटना भएको हो । हाथरसका स्थानीय अधिकारी आशिषकुमारले ५० देखि ६० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको जनाएका छन् ।

Advertisement

तस्वीर स्रोत : बीबीसी

घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् । घटनामा परी घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार एक जना कथावाचकको प्रवचन सुन्न हजारौँ भेला भएको ठाउँमा भागदौड भएको थियो । भागदौडको कारण स्पष्ट भइसकेको छैन ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया