दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु



रासस


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई आज खोलाले बगाउँदा मृत्यु भएको हो ।

Advertisement

गुरुङको शव परीक्षणका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन् । खोलामा एक्कासी आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

 

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया