गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ मा रहेको भड्कुवा गाउँमा बाढि पहिरो पसेर दुई घर विस्थापित भएका छन । दुई दिन अघि अविरल बर्षा संगै बाढि पहिरो घरमा पस्दा त्यस गाउँका जितबहादुर घर्ति र रामबहादुर घर्तिको परिवार घरबाट विस्थापित भएका हुन ।
रिडी तम्घास मदनभण्डारी राजमार्ग विस्तारका क्रमममा माथीबाट आएको बाढि पहिरो घरमा पसे पछि आफुहरु विस्थापित भई छिमेकीको घरमा छरिएर बसेको जितबहादुरको श्रीमतिले गुनासो गर्नु भयो । त्यस राजमार्ग स्तरोन्नतीका क्रममा त्यहाँका थुप्रै घरहरु उच्च जोखममा छन ।
गत बर्ष देखि नै त्यस गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले राजमार्ग निर्माणका क्रममा त्यस भेगका वस्ती उच्च जोखिमा परेको भन्दै सचेतता पुर्वक सडक निर्माणको काम गर्न सम्बन्धित निकायको ध्यानकृष्ट गराएका थिए । ‘हामी त्यहाँ पुगेर आएका छौं,– अध्यक्ष ज्ञवालीले भने उनिहरुलाई पालिकाबाट प्रारम्भिक राहत वितरण गर्दैछौं र उनिहरुलाई सुरक्षित घर निर्माणका लागि पहल पनि गर्नेछौं ।
त्यस पालिका सहित जिल्लाका अधिकांस अविरल बर्षाका कारण उच्च जोखिमा छन । जोखिमा रहेका घर परिवार सुरक्षित नजिकका विद्यालय, अन्य सावजानिक स्थान आफन्तको घरमा आश्रय लिनु पर्ने , बिशेषतः रातको समयमा घरमा बस्नै नहुने जनप्रतिनिधीहरुको सुझाव छ ।
त्यस्तै सम्भावित जोखिमलाई ध्यानमा राखी घर तर्फ आउने भल तर्काउन सम्बन्धित परिवार लाग्नु पर्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको सुझाव छ ।