बाढी पहिरोबाट देशभर ३६ सडक पूर्ण रूपमा अवरुद्ध



नागरिक अपडेट


काठमाडौं– शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

Advertisement

नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो ।

Advertisement

काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया