बाग्लुङ्गको प्रसिद्ध धार्मिकस्थल पञ्चकोट नजिक पहिरो, प्रहरी चौकी पुरियो



नागरिक अपडेट


बागलुङ : शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा पहिरो जाँदा प्रहरी चौकी पुरिएको छ। शनिबार दिउँसो बागलुङ नगरपालिका–६ को पञ्चकोटधाम मन्दिर जाने बाटोमा लगाइएको पर्खाल भत्किँदा प्रहरी चौकी पञ्चकोटको चार कोठे कच्ची भवनको ३ कोठा पुरिएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले भवन माथिबाट झरेको पहिरोले प्रहरी चौकीको तीन कोठा पुरिएको बताए। उनले चौकीमा कार्यरत प्रहरीहरू सुरक्षित रहेको बताए।

Advertisement

प्रहरी उपरीक्षक कँडेलले पहिरोले भवन पुरिएपछि प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभा हलमा व्यवस्थापन गरिएको जानकारी दिए। पहिरोले भत्किएको भवन पनि पञ्चकोटधाम मन्दिरको हो। मन्दिरले प्रहरी चौकी राख्नका लागि चार कोठे भवन दिएको थियो।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया