देशभर बाढी, पहिरो र डुबान तस्बिरमा हेर्नुहोस्



नागरिक अपडेट


काठमाडौं – भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

Advertisement

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए। विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो।

Advertisement

ड्रोनबाट खिचिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित शान्तिनगर भएको डुबान । वर्षाले सिँचाइटोल, शान्तिनगर, पिप्ले, कर्रा क्षेत्र डुबानमा परेको छ । तस्बिरः मणिराज गौतम

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका छन्। अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका छन्। अन्य विवरण आउन बाँकी छ। अविरल वर्षापछि नवलपरासी गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् ।

Advertisement

भारी वर्षाका कारण शनिबार देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ। काठमाडौँमा वर्षा रोकिने र फेरि सुरुहुनेक्रम जलिरहेको छ। देशका कतिपय जिल्लामा वर्षा भइरहेको छ।

काठमाडौँ, २२ असार ः लगातार वर्षा हुँदा काठमाडौँ टोखा नगरपालिका– ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीमा जल सहत बढ्दै । तस्बिर ः हरिराम भेटुवाल÷रासस
बस्तीमा नारायणी नदीको बाढी
नवलपुर (नवलपरासी), २२ असारः
अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् । तस्बिरः टेकराज पोखरेल/रासस
ट्रक दुर्घटना
दाङ, २२ असारः
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित घोराही तुलसीपुर सडकखण्डमा दुर्घटनामा भएको रा १ ख २४४९ नम्बरको ट्रक । घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको ट्रकका चालकले अत्याधिक मादक पदार्थ सेवन गरेर चलाउँदा ट्रक खोलामा पल्टिएको हो । तस्बिरः कुलदीप न्यौपाने÷रासस
पहिरोले सडक अवरुद्ध
मनाङ तालबाजार उच्च जोखिममा
बबई नदीमा बढेको पानीको बहाव
काठमाडौँ, २२ असार ः गएरातिदेखि अविरल वर्षा कारण काठमाडौँ र ललितपुरको सिमाना छुटाउन थापाथलीस्थित बागमती नदीमा आएको बढी । तस्बिर ः किरनराज बिष्ट÷रासस
जमेको पानीले सर्वसाधारण तथा सवारीसाधनलाई सास्ती
काठमाडौँ, २२ असार ः काठमाडौँको विमानस्थल पछाडि कागेश्वरी मनोराहास्थित बर्षाका कारण जम्मेका पानीले सर्वसाधारण तथा सवारीसाधनलाई सास्ती । तस्बिर ः किरणराज बिष्ट÷रासस
अवरुद्ध मध्यपहाडी राजमार्ग
शालिग्राम शिला डुबान
घट्टेखोलाको बाढी र चामे बजार
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । तस्बिर ः रमेश गिरी / रासस

केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् । तस्बिर : सुमित्रा अधिकारी /रासस
हिजोदेखि भएको भारी वर्षाले दाङको देउखुरीस्थित भालुबाङ क्षेत्रमा देखिएको राप्ती नदीको बाढी । बगासोती बाढी मापन केन्द्रमा जलसतहले ६.२ मिटर सतह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दाङ र बाँके जिल्लाको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । तस्बिर ः कुलदीप न्यौपाने /रासस

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया