सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्य डिस्चार्ज



नागरिक अपडेट


काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।

Advertisement

शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।

Advertisement

सो दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया