बिष्णु सिंजाली र रितु साहीको तिज गीत “अचम्मै बसेछ पिरती” सार्वजनिक



नागरिक अपडेट


बिनोद बिष्ट ,बुटवल। गायक बिष्णु सिन्जाली को नयाँ तिज गीत अचम्मै बसेछ पिरती गीतको बोल बजारमा सार्बजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन । यस वर्षको तिज पर्वको लागि बासै छैन घरमा नयाँ गीत बजारमा सार्बजनिक गरेको बताए।

Advertisement

पहिला बजारमा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे सिन्जालीले बताउछन ।दर्शक श्राेताले मन पराउने भएकाले तिज गित निकाल्न सफल भएको गायक बिष्णुले बताए । बिष्णु सिंजाली र रितु साही को आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितकाे शब्द बिष्णु सिन्जाली रितु साही र संगीत बिष्णुले नै गरेका छन्।

Advertisement

गितकाे माेडलमा सुबास बलाल, कुसुम ठकुरी, दिपा थापा, हिरा थापा मगरलाई देख्न सकिन्छ भने गितकाे निर्देशन सुनिल बिश्र्कर्माले गरेका छन्। गितकाे म्युजिक भिडियो बिष्णु सिन्जाली युटुब च्यानलबाट बजारमा सर्बजनिक भएको छ।
भिडियो हेर्नुहोस

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया