उडिरहेको विमानमा यात्रुले खानामा जिउँदो मुसा भेटेपछि आकस्मिक अवतरण



एजेन्सी


नर्वे । उडिरहेको जहाजका यात्रुले खानामा जिउँदो मुसा भेटेपछि आकस्मिक अवतरण गराइएको छ । स्क्यान्डिनेभियन एयरलाइन्स (एसएएस) ले बुधबार उडान भइरहेकै बेला यात्रुको खानाबाट मुसा बाहिर निस्केपछि आफ्नो एउटा उडानलाई आपतकालीन अवतरण गर्नुपरेको जानकारी दिएको छ ।

Advertisement

बीबीसीका अनुसार नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालागाका लागि उडेको उक्त विमान डेनमार्कको कोपेनहेगनमा आपतकालीन अवतरण गर्न बाध्य भएको थियो । एसएएसका प्रवक्ता ओस्टिम स्मिटले भनेका छन्, ‘कम्पनीको प्रक्रियाअनुसार डाइभर्सन गरिएको हो ।

Advertisement

मुसाका कारण सुरक्षा जोखिम भएपछि आकस्मिक अवतरण गर्नुको अर्को विकल्प थिएन ।’विमानमा मुसा भेटिनुलाई अपत्यारिलो घटनाकारुपमा व्याख्या गरे ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया