रेसुङ्गाको रातामाटा र पराल्मीलाई दुई वटा वडा बनाउने विधेयक पारित



नागरिक अपडेट


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आफ्नो १६ औं नगरसभा गरेको छ । मंगलबार नगरपालिकाले सभाको आयोजना गरेको हाे । कार्यपालिकाले गरेका केही महत्त्वपूर्ण प्रकृतिका कार्यहरु नगरसभाबाट पास गर्नका लागि नगर सभा र गाउँ सभाहरु गर्नुपर्ने प्रावधान छ ।

Advertisement

बजेटलाई कार्यपालिकाले रकमान्तर गर्ने र सभाबाट पास गर्ने स्थानीय सरकारले यस्तो प्रयास गर्ने गर्दछन । रेसुङ्गा नगरपालिकाले जिल्लामै याे आर्थिक बर्षकाे पहिलो सभा गरेको छ । आजाकाे नगरसभाले नगरपालिकाकाे वडा नम्बर १४,पराल्मी र रातामाटालाइ दुईवटा वडा बनाउने विधेयक सर्वसम्मत पास भएको छ । पराल्मी र रातामाटा भाैगलिक रुपमा बिकट मानिन्छ ।

Advertisement

पराल्मीमा वडा कार्यालय र स्वास्थ्य चाैकि छन् तर रातामाटामा भने छैनन् । नगरपालिकाले वडा कार्यालय र स्वास्थ्य चाैकिबाट उपलब्ध सेवाहरुलाइ सहज तरिकाले उपलब्ध गराउँन वडा सम्पर्क कार्यालय सञ्चालन गरेको छ । रेसुङ्गा नगरपालिकाको आ.व. ०८१/८२ को आन्तरिक राजश्वतर्फ रु. १ करोड ८० लाख प्रक्षेपण गरेकाेमा हालसम्म रु. १ करोड ६ हजार १ सय १४ रुपैया (५५.५८%) रकम संकलन भईसकेको नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

Advertisement

नगरपालिकाले भौतिक प्रगति करिब ५२ प्रतिशत र वित्तीय प्रगति चालु तर्फ ३४ प्रतिशत र पूँजीगत तर्फ २४ प्रतिशत गरी जम्मा २९.१३ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिएका छन् । बाँकी योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न आ-आफनो तर्फबाट सहयोग गर्नु मेयर पन्थीले सबैलाई अनुरोध गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया