गंगु कुवँर मगर,गुल्मी। आज माघ ०१ गते माघे सक्रान्ति ,नेपालका अधिकांश जाति तथा समुदायले माघे सक्रान्तिलाई विभिन्न नाममा साझा पर्वको रुपमा मनाउने गर्छन्। माघे सक्रान्ति अर्थात् मकर संक्रान्तिका रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती र तराईमा थारु समुदायले माघी अर्थात् खिचडी पर्वका रुपमा मनाउने गर्छन्।
आजको दिन सबै समुदायले आ – आफ्नो परम्परा अनुसार विभिन्न परिकार बनाएर खानुका साथै विभिन्न धार्मिक स्थलहरुमा गएर स्नान गर्ने प्रचलन रहेको छ। आज गुुल्मीको रिडी, राम्दी, त्रिवेणी, देवघाट, लक्ष्मणघाट लगायतका पवित्र नदि तथा जलाशयहरुमा गई स्नान गरे मोक्ष प्राप्ती हुन्छ भन्ने मान्यता अनुसार ती ठाउँहरूमा विहानैदेखि स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
त्यस्तै नदि तथा जलाशयमा जान नसक्नेहरुले पनि घरमै नुहाएर चोखो भई पूरा आजा गर्ने गरिन्छ । भने पितृहरूको लागि खिचडी समेत चढाउने गरिन्छ । “गुल्मीदरबार वडा नं.-१, बलिथुमको बेंसिफांट मा खैरेनीघाट नामबाट माघी मेला” विगतमा आजकै दिन ऎतिहासिक धार्मिक स्थल रेसुङ्गाको फेदि गुल्मीदरबार वडा नं.-१, बलिथुमको बेंसिफांट मा खैरेनीघाट नामबाट माघी मेला लाग्ने गरेको स्थानीय बताउँछन् ।
रुद्रावति नदि किनारमा खैरेनीघाट मेलाको नाम बाट माघि मेलाको रौनक बिचित्र हुने बताउँछन् ।यस क्षेत्रको पुल्कामुख देखि माले बगरसम्म माघ ०१गते स्थानीयले विविध सांस्कृतिक कार्यक्रमहरू सोरठी ,झाम्रे ,घातु ,नेपाली मौलिक भजन जस्ता त्यस मेलाको आकर्षक रूपमा हुने गरेको उनिहरूको भनाइ छ । साथै यो नदि रुद्राबति गङ्गा को विशेषता भएकोले माघे सक्रान्तिको दिन तिर्थालु भक्तजनको घुइँचो हुने र आफ्नो परम्परा अनुसार जलस्नान ,पुजा गर्ने ,पितृ श्राद्ध गर्ने गरेको स्थानीयको भनाइ छ ।
आफूहरू साना छदा यस भेगमा यस्तै वारि पारिबाट स्थानीयहरू जम्मा भएर नाच गान गर्ने देखेको स्थानीय टेक बहादुर खत्रीले बताउनुभयो । त्यस्तै माघ ०१ गते संगी साथीहरूसित त्यहाँ पुग्ने गरेको नेपाल मगर संघ बलिथुमका अध्यक्ष राम बहादुर पुनले जानकारी दिनुभयो । उक्त कार्यक्रम लोप हुँदै गएपछि तत्कालीन अवस्थामा बलिथुम प्राबि को स्थापना दिवस सोही दिनमा गर्ने गरि मनाइएको पनि स्थानीय समाजसेवी ब्यक्तित्वलाई उदृत गर्दै कपिल भण्डारीले जानकारी दिनुभयो ।
यस क्षेत्र ऎतिहासिक धार्मिक स्थल रेसुङ्गा र दिर्बुङ्ग दह को फेदि ,मालिका,कोटेश्वर मन्दिर समिपमा रहेकोले पनि ऎतिहासिक धार्मिक र तिर्थ स्थल महत्त्वको रूपमा लिने गरेको स्थानीय बताउँछन् ।”मगर जातिको राष्ट्रिय पर्व र थारु समुदायको नयांवर्ष , चेलीबेटीलाई चोखो मिठो खुवाउने चलन र माघे सङ्क्रान्तिका परिकार” माघे सङ्क्रान्ति पर्वलाई नेपालका मगर जातिले राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छन् भने थारु समुदायले आजको दिन माघ ०१ गतेलाई नयांवर्षको रुपमा मनाउने गर्छन् ।
थारु समुदायमा माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयां योजना बनाउने काम दिनको रुपमा लिने गरिन्छ । माघे सक्रान्तिका दिन चेलिबेटीहरुलाई घरमा बोलाउने, मिठा परिकार खाने खुवाउने र नाचगान गर्ने चलन छ ।खिचडी, तरुल, सख्खरखण्ड, सेलरोटी, बटुक लगायतका परिकार आजको दिन बनाइन्छ।त्यस्तै, घ्यु, चाकु, तिलको लड्डु, फुरौला, चिउरा,सुन्तला,माछा मासु पनि माघे सक्रान्तिका मुख्य परिकार हुन्। थारु समुदायले माछा, सुंगुर र मुसाको मासु, घोंगी, ढिक्री, लगायतका परिकार बनाएर खाने गर्छन् ।