गंगु कुँवर मगर,गुल्मी। जागरण क्लब गुल्मीदरबार गाउँपालिका -१, बलिथुम अर्दी गुल्मीको आयोजनामा साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
“स्वास्थ्यका लागि खेलकूद,राष्ट्रका लागि खेलकूद” भन्ने मूल नारा सहित माघ १५ गतेदेखि १९ गते सम्म संचालन गरिएको प्रतियोगितामा नवदिपज्योती युवा क्लब आँपचौर प्रथम,रोयल अग्लुङ्ग युवा क्लब अग्लुङ्ग द्धितीय, र नवजनविकास युवा परिवार बलिथुम तृतीय भएका थिए ।
खेलमा ८ टिम सहभागी प्रतियोगितामा प्रथम पुरस्कार २० हजार ट्रफी मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार १५ हजार ट्रफी मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार १० हजार ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितालाई क्लबबाट प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले थप रोमाञ्चक बनाएको थियो ।