प्रथम शहिद क्या.थापा मगरकाे “१४८औं स्मृति दिवस” जिल्लासँगै सबै वडामा भव्यताका साथ सम्पन्न



नागरिक संवाददाता


गंगु कुँवर मगर,गुल्मी। नेपाल मगर संघ, जिल्ला समन्वय समिति गुल्मीले प्रथम शहिद क्याप्टेन लखन थापा मगरकाे “१४८औं स्मृति दिवस” सदरमुकाम तम्घासमा सम्पन्न गरेकाे छ।

Advertisement

नेपाली जनता माथी गरिरहेको क्रुर र निरकुंश जहानिय राणा शासनको अन्याय विरुद्ध र आम नेपाली जनताको मुक्तीका लागि बिद्रोह र आन्दोलनको प्रमुख नेतृत्व गरिरहेका प्रथम सहिद लखन थापा मगरलाई तत्कालिन राणा शासक र उनका शैनिकहरुद्वारा बि.सं.१९३३ साल फागुन २ गतेकै दिन हालकाे गाेरखा जिल्लामा झुण्डाएर हत्या गरेकाे थियाे।

Advertisement

Advertisement

त्यसैकाे सम्झनामा नेपाल मगर संघले हरेक बर्ष प्रथम शहिद क्या. लखन थापा मगरकाे स्मृति दिवस मनाउँदै आइरहेको छ । नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति सदस्य तथा लेखा संयाेजक रनमाया पुन मगरकाे प्रमुख आतिथ्यता, रेसुङ्गा नगरपालिका वडा नं. ८ का जनप्रतिनिधि तथा वडाध्यक्ष निरञ्जन काउछा मगरकाे विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल मगर महिला संघ गुल्मीका सचिव मिना घर्ती मगर, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष विमल पुन मगर लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियाे।

कार्यक्रमका अधिकांश वक्ताले राज्यले प्रथम शहिदलाई सधै दाेस्राे दर्जामा राखेर काम गरेकाे गुनासाे गर्नु भएकाे थियाे। देशकै प्रथम शहिद भएपनि आज नितान्त एउटा समूदायले मात्रै शहिद प्रतिकाे सम्मान गरिरहेकाे बताउनु भएकाे थियाे। जिल्ला समन्वय समितिका अध्यक्ष हाेम पल्ली मगरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत मन्तव्य सचिव शेर बहादुर सर्तुङ्गी मगर र सञ्चालन सह-सचिव हुम बहादुर थापा मगरले गर्नु भएकाे थियाे।

नेपाल मगर संघ गुल्मीदरबारका विभिन्न वडामा पनि १४८ औं लखन स्मृति दिवस भव्यताका साथ सम्पन्न भएको छ।नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिका वडा नं.-१,बलिथुम,गुल्मीले १४८औं लखन स्मृति दिवस वडा नं.-१,को टापूमा विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रथम सहिद थापाको योगदान माथि चर्चा गर्दै प्रमुख अतिथि तथा वडा सदस्य ठगेन्द्र फुङ्गजेलीले- प्रथम सहिद क्याप्टेन लखन थापाको हत्यासँगै सबैभन्दा बढी मगरहरू माथि अन्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो -तत्कालीन अवस्थामा मगर भन्नासाथ यातना र हत्या गरिने हुँदा धेरै मगरहरूले आफ्नो थर लुकाएर अन्य थर बताउँदा मगरका थरहरू गैर मगरसँग मिल्न गएको बताउनुभयो ।

संघले प्रथम सहिद क्या.लखन थापा मगरको स्मृति दिवसकै अवसरमा नेपाल मगर संघ बलिथुमको नयाँ कार्य समिति समेत सर्व सम्मत चयन गरेको छ । जसको अध्यक्षमा भक्त बहादुर थापा ,उपाध्यक्ष खडक बलाल, सचिव चेतमान पुन ,कोषाध्यक्ष कमला कुँवर मगर र सह-सचिवमा शोभा खड्का मगर गरि ९ सदस्यीय नयाँ कार्य समितिको समेत चयन गरेको हो ।

कार्यक्रममा नेपाल मगर संघ, जिल्ला समन्वय समिति सदस्य सूर्यबहादुर कुँवर मगर , नेपाल आदिवासीजनजाती पत्रकार महासंघ (फोनिज) गुल्मीका सचिव तथा नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिका प्रेस सल्लाहकार गंगु कुँवर मगर, पूर्व वडा अध्यक्ष राम बहादुर पल्ली, समाजसेवी प्रेम माच्कोटी, नरबहादुर माच्कोटी, लेखनाथ पुन, यमबहादुर राना, नेपाल आदिवासीजनजाती पत्रकार महासंघ (फोनिज) गुल्मीका सदस्य अम्मर राकस, नवीन पुन र निवर्तमान समिति लगायतको उपस्थितिमा प्रथम सहिद लखन थापाको योगदान माथि छलफल गरिनुका साथै तस्बिरमा माल्यार्पण गरि स्मृति दिवस मनाइएको थियो।

नेपाल मगर संघ गुल्मीदरवार गाउँपालिका वडा नं.-२ जुभूङ्गलेले पनि मगर हरूको बिशेष उपस्थितिमा सहिद लखन थापाको फोटोमा माल्यार्पण गरि सहिद लखन थापा दिवस मनाएको छ ।साथै सोही अवसरमा पदम घर्ती अध्यक्ष रहने गरि ११ सदस्यीय नेपाल मगर संघ जुभूङ्गको गठन समेत गरेको छ । त्यस्तै अन्य वडाहरूमा विभिन्न कार्यक्रम गरेर १४८औं लखन स्मृति दिवस मनाइएको नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिका अध्यक्ष रामबहादुर पुनले बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया