गंगु कुँवर मगर,गुल्मी । महाशिवरात्री पर्वको अवसरमा कैलाशपति शिवजी मन्दिर गुल्मीदरबार गाउँपालिका वडा नं.-१, बलिथुम गुल्मीले विशेष कार्यक्रमक्रमको आयोजना गर्ने भएको छ । फाल्गुन १४ गते सोही पर्वको अवसर पारेर विशेष पूजा आजा सहित विविध कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ ।
मन्दिरमा पण्डितसंगै श्रदालु भक्तजनबाट पूजा आजा, भजन समूहद्धारा भजन कृतन ,प्रसाद वितरण लगायतको कार्यक्रम तय गरिएको अध्यक्ष नवीन राना मगरले जानकारी दिनुभयो । २०८० फाल्गुन २५ गते महाशिवरात्री पर्वको अवसर पारेर विधिवत रूपमा उद्घाटन गरिएको सो मन्दिरमा प्रत्येक सोमबार श्रदालु भक्तजनहरूले पूजा आजा गर्ने गर्छन् ।
बलिथुम वडा कार्यालय देखि रैनादी मजुवा जोड्ने मोटरबाटो फराकिलो पार्ने क्रममा केहि वर्ष अघि उक्त स्थानमा गुफा फेला परेको थियो । गुफामा विभिन्न आकृतिमा ढुंगाहरू भेटिएका थिए । गुफा भेटिएको केही समय पछि गुल्मीदरबार २, जुभुङ्ग कोतटोला बस्ने किशोरी माता तिर्सना रजाली अचानक सोही स्थानमा आई त्रिशुल गाडी सिद्धबाबाको नामबाट पूजा गर्नु भन्नुभएको हो।
त्यसको करिब १ वर्षपछि २०८० साल पौष ०९ गते बिहान ०९: ३० बजे नेपालगञ्ज निवासी माता मुलु मगर आई कैलाशपती शिवजी बाबाको नामबाट पूजा गर्नु भनेर चिनारी दिए पछि थप चासो बढेको हो । समिति कोषाध्यक्ष सरस्वती खड्का मगरका अनुसार – कैलाश पति शिव बाबा, उज्याला देवी ,काला भैरव प्रकट हुनुभएको हामीलाई नेपाल गन्ज देखी माता आएर चिनारी दिएर जानु भएको छ ।
यहाँ जे वर माग्यो त्यही पुग्ने बताउनु भएको छ । हामी मन्दिर निर्माणका लागि जिरो बयालेन्स देखी सुरू गरेको हौं । आज आएर स्थानीयसँगै देश विदेशमा रहनु भएका दाजुभाइहरूको सहयोगबाट मन्दिर निर्माण गर्न सफल भएका छौँ । त्यस्तै २ हजार १ देखी माथि सहयोग गर्ने सहयोगी दाताहरू को नाम ताम्रपत्रमा लेखिने निर्णय भैसकेको पनि उहाँले जानकारी दिनुभयो ।
मन्दिर भेटिएको ठीक माथि सिरानमा भैरम डांडा रहेकोे र माताको भनाइ अनुसार कैलाश पति शिवजी बाबा संगै उज्याला देवी ,काला भैरव प्रकट हुनुभएकोले अहिले उत्पति भएको ठाउँदेखि झण्डै ५० मिटरको दुरीमा भैरव थान मन्दिर पनि निर्माण गरिसकिएको र सो मन्दिरको पनि विधिवत रूपमा उद्घाटन गरिने सल्लाहकार तथा पूजा व्यवस्थापन समिति सदस्य नरबहादुर माच्कोटीले जानकारी दिनुभयो ।