आधुरभुत मौरी पालन तालिम गुल्मीको धुर्कोटमा सम्पन्न



नागरिक संवाददाता


बिष्णु कुँवर,गुल्मी। धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्रद्वारा संचालित धुर्कोट कृषि तथा पसु उद्यमशीलता बिकास परियोजना अन्तरगर्त ४ दिने आधारभुत मौरी पालन तालिम धुर्कोट गाउपालिकामा सम्पन्न भएको छ।

Advertisement

धुर्कोट गाउपालिकाका २४ जना मौरी पालक कृषकहरु सहभागी रहेको उक्त तालिमको पहिलो दुई दिन सैदान्तिक ज्ञानमा केन्द्रित रहेक‍ो थियो भने अन्तिम दुई दिन प्रयोगात्मक अभ्यास गरि व्यावसायिक मौरी पालन प्रणाली सम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गरिएको थियो।

Advertisement

Advertisement

तालिममा माहुरी सम्बन्धि मुडेघारबाट आधुनिक घारमा सार्ने तरिका विधि र प्रक्रिया माहुरिको फुल,प्युपा,बयस्क,भाले मौरी कर्मी मौरी रानी कुट लगायतमा फिल्ड्मै प्रयोगात्मक प्रशिक्षण गरिएको थियो । धुर्कोट गाउपालिकाका मौरिपालक किसानलाइ उक्त तालिमले ठूलो टेवा पुर्याउने सहभागी बैकुण्ठ पन्थिले बताउनु भयो।

धुर्कोट गाउपालिका उपाध्यक्ष सीता गिरिको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत ज्ञानुराम पन्थीको विशेष आथित्यता रहेको थियो। कार्यक्रम तथा विषयबस्तुमाथि प्रकाश पार्दै परियोजना संयोजक भरत भन्डारिले पछिल्लो समय बसाईसराइ दर अत्यधिक बढिरहेको बेला मौरिलाइ बढी मेहनत गर्न नपर्ने माहुरीबाट राम्रो आम्दानी पनि हुने भएकोले यसतर्फ ध्यानदिन आवस्यक रहेको बताउनु भयो ।

तालिमका सहभागीहरुलाइ यातायात खर्च,प्रमाणपत्र र अनुदानमा खाली माहुरीको घार बितरण गरिएको छ। पाल्पा मणिबिकास मौरी सहकारी बाट कृष्ण राना र जनक सोमैले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रमको सन्चालन बजारीकरण सहजकर्ता बिष्णु कुवरले गर्नु भएको थियोे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया