अमेरिकामा दुई प्रहरीमाथि गोली प्रहार, एकको मृत्यु



एजेन्सी


वासिङ्टन डिसी । अमेरिकाको जर्जिया राज्यको कोलम्बिया काउन्टीमा दुई प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ । गोली लाग्ने मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । यो घटना शनिबार साँझ भएको थियो ।

Advertisement

कोलम्बिया काउन्टीका दुई उप प्रहरी अधिकारीहरू कारमा यात्रा गरिरहेको सयमा ट्राफिक सिंग्लनमा कार रोकिएको समयमा एक सन्दिग्ध व्यक्तिले उनीहरूलाई गोली हानेका थिए ।

Advertisement

सन्दिग्ध व्यक्तिको पहिचान जेम्स ब्लेक मोन्टगोमेरीको रूपमा गरिएको छ । प्रहरीले अभियुक्तको तीव्र खोजी गरिरहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया