रामेछाप । रामेछापमा आफ्नै बुहारीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा मन्थली नगरपालिका-१२ सिकराल बस्ने ६१ वर्षीय शम्भु बुढाथोकीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
शम्भुले खुकुरी प्रहार गर्दा पवित्राको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।