गंगु कुँवर मगर,गुल्मी । नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले -मगरहरूको प्रवृति स्वभाव भनेको टाउको बन्न नखोज्ने पुच्छर बनेर हिड्न रूचाउने भएको बताउनु भएको छ । नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति गुल्मीको तेस्रो अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
त्यस्तै उहाँले यो देशको परिवर्तनका लागि राणा शासनको बिरूद्धमा आवाज उठाउने एउटा मगरको छोरा लखन थापा मगर भएकै कारणले जसलाई सहिद हुन भनेर भन्नका लागि वहुदल आए पछिको पनि १० वर्ष कुर्नु परेको समेत बताउनुभयो । त्यतिबेला जो कसैले पनि राणा शासनको विरूद्धमा औंला समेत उठाउन नसक्ने अवस्थामा एउटा हिम्मतिलो मगरले बिरोध गर्दै गर्दा फाँसीमा चढ्नु पर्यो त्यस्ता व्यक्तिलाई शहिद हुन् भनेर भन्न राज्यले आनाकानी गर्यो र २०५६ मा आएर मात्र घोषणा गर्यो ।
उता नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद भलामीले विशिष्ट अतिथिको रूपमा बोल्दै – पार्टीको नेतृत्व पदमा कुनै पनि मगर नभएको गुनासो पोख्नु भयो ।यसको लागि हाम्रो आचरण भनेकै मैले काम गर्छु -तपाईं पदमा बस्नुस भन्नु नै हो ।यसका लागि यो स्वभाव आचरणमा सुधार ल्याउनु पर्ने बताउनुभयो ।अधिवेशनलाई नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष अखिलेश्वर पाण्डे , सह-सचिव छविलाल पाण्डे , पूर्व उप-सभापति विष्णु बलाल,महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियो ।
अधिवेशनले ५ सदस्यीय पदाधिकारीसँगै ७ महिला सहित १६ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय जिल्ला कार्यसमितिको गठन गरेको छ । जसको अध्यक्षमा पूर्णबहादुर काउछा , सचिवमा कुसुम राई पुँवारे, कोषाध्यक्ष अम्मर राकस, सदस्य ज्योति राना ,हिरा राना ,लेखनाथ पुन,कमला धुरेल,सुजन पुन,रमेश बुढा र सागर सोमैलाई सर्व सम्मत चयन गरेको छ ।
साथै अधिवेशनले महाधिवेशन तथा प्रदेश प्रतिनिधिमा छन्दबहादुर पहराई, विष्णु बलाल, हिरासिंह सराङ्गकोटी, लुमबहादुर पहराई, प्रकाश भलामी,मिना राना, तारा थापा ढेंगा, रेनुका सारू र कुसुम राई पुवांरे लाई समेत चयन गरेको छ ।