बाढीले स्कुल बस बगाउदा दक्षिण अफ्रिकामा ४९ जनाको मृत्यु



एजेन्सी


काठमाडौँ। दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा परेको मुसलधारे वर्ष पछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ। पानी सँगै आएको बाढीले मंगलबार एक स्कुल बससमेत बगाएको अफ्रिकी अधिकारीले जनाएका छन्।

Advertisement

एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टिभी च्यानललाई बताएअनुसार बस चालकसहित जम्मा आठ जनाको शव निकालिएको छ।अन्य अधिकारीहरूले मंगलबार तीन जना विद्यार्थीलाई उद्धार गरिएको बताएका छन् भने बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन।

Advertisement

अन्यको खोजी कार्य जारी रहेको छ। पूर्वी केप प्रान्तकामा आएको बाढी र केही भागहरूमा परेको भारी हिमपातका कारण पूर्वी केप प्रान्तका सयौँ मानिसहरू विस्थापित भएका छन् र अस्थायी आश्रय स्थलहरूमा बसिरहेका छन्।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया