नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले सबैजना स्तब्ध र दुःखी भएको बताएका छन्।
उनले लेखेका छन्, ‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु।’
बिहीबार दिउँसो एयर इन्डियाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। विमान अहमदाबादबाट गेटविक जाँदै थियो।